महत्वपुर्ण समसामयिक प्रश्न उत्तरहरु भाग -१

सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? 

कामिरिता शेर्पा

विसं २०८१ वैशाख ३० मा उनले २९ औँ पटक सफल आरोहण गरेका हुन् । 

व्यक्तिगत रूपमा सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेर शेर्पाले २९ औँ पटक सफल आरोहण गर्ने नयाँ कीर्तिमान बनाएका हुन् । 

उनले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए ।

 

नेपाल राष्ट्र बैङ्कद्वारा २०८१ वैशाख ३० मा सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को प्रथम नौ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यो अवधिसम्ममा विप्रेषण आप्रवाह कति प्रतिशत वृद्धि भएको छ ? 

१९.८ प्रतिशत

विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । 

चैत्र मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको । 

विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई चैत मसान्तसम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको । 

बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ । 

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख १२ हजार ७२१ रहेको छ । 

राष्ट्र बैङ्कका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रस्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैत्र महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । 

२०८० चैत्र महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६, तराईको ४.५८, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । 

चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा पुगेको छ । गत वर्ष यही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा थियो । 

देशमा भित्रिने प्रत्यक्ष विदेशी लगानी र देशबाट बाहिरिने लाभांशको समष्टिको सूचक प्रत्यक्ष वैदेशिक लगानी यस अवधिमा छ अर्ब ४८ करोडले धनात्मक छ । अघिल्लो वर्ष यही अवधिमा यो सूचक दुई अर्ब ६२ करोडले धनात्मक थियो । 


बागमती प्रदेशको दोस्रो युवा सम्मेलन कहिले सम्पन्न भएको हो ? 

विसं २०८१ वैशाख २८–३०, हेटौँडा

सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश युवा परिषद्को आयोजनामा सम्मेलन भएको हो । 

बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्यसहित युवा सम्मेलन आयोजना गरिएको हो । 

सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका युवाको सहभागिता रहेको थियो । 

काठमाडौँ महानगरपालिकाद्वारा काठमाडौँको टुँडिखेलमा सिप मेलाको सुरुवात कहिले गरियो ? 

विसं २०८१ वैशाख २१ (जेठ १९ सम्म सञ्चालन हुने)

१० विधा र ३० पेसाका लागि सञ्चालित प्रशिक्षणको अवधि सात दिन, १५ दिन र ३० दिनको रहेको छ । 

चालु आव मा १५ हजारलाई सिपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने महानगरपालिकाको गौरवको ‘रोजगारी र आय वृद्धि, काठमाडौँ महानगरको समृद्धि’ कार्यव्रmम अन्तर्गत सिप मेला आयोजना गरिएको हो । 

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको सिँचाइ सुरुङ कहिले छिचोलियो (ब्रेक थ्रु) ? 

विसं २०८१ वैशाख २६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम) को स्वीच थिचेपश्चात् सुरुङ छेडिएको हो । 

सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारबाट सुरु भएको सुरुङ सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीस्थित नदी किनारमा निकालिएको हो । 

सोही ठाउँबाट सुनकोशीको पानी सुरुङमार्फत लगेर मध्यतराईका पाँच जिल्लामा सिँचाइ सुविधा पु¥याउने सरकारी योजना छ । 

सिँचाइका लागि नेपालले निर्माण गरेको यो दोस्रो आधुनिक सुरुङ हो । यसअघि १२.२१ किलोमिटर लामो भेरी–बबई सिँचाइ आयोजनामा सुरुङ बनाइएको छ । 

सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोशीको पानीलाई सुरुङमार्फत मरिण नदीमा खसालिने छ । त्यसलाई हालको बागमती सिँचाइ आयोजनाका संरचनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । 

परियोजनाबाट सिँचाइसँगै ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पनि रहेको छ । 

मेक इन नेपाल : स्वदेशी सम्मेलन २०२४ कहिले सम्पन्न भएको हो ? 

विसं २०८१ वैशाख २५

नेपाली वस्तुको उत्पादन, खपत तथा निर्यात वृद्धिका लागि ३५ बुँदे घोषणापत्र जारी गरिएको छ । 

नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले उद्योग मन्त्रालयसँगको सहकार्यमा गर्दै आएको सो सम्मेलनले नेपाली वस्तु उत्पादन र खपत प्रवर्धन एवं निर्यातका लागि प्रतिस्पर्धात्मक क्षमता विस्तारलाई मुख्य जोड दिएको छ । 

वार्षिक एक हजार नयाँ उद्योग दर्ता, दिगो विकासको लक्ष्य अनुसार कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पु¥याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्यसहित मेक इन नेपाल अभियान सञ्चालनमा ल्याइएको हो ।

मधुपर्क सम्मान–२०८१ बाट सम्मानित स्रष्टा को हुनुहुन्छ ? 

प्रा. कृष्ण गौतम, कवि मञ्चु काँचुली र कथाकार किशोर पहाडी

गोरखापत्र राष्ट्रिय दैनिकको सहप्रकाशन मधुपर्कले २०५९ सालदेखि यो सम्मान प्रदान गर्दै आएको छ । 

सो सम्मानको राशि जनही ५० हजार रुपियाँ रहेको छ । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घद्वारा प्रदान गरिएको कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ? 

चन्द्रप्रसाद ढकाल

पहिचान पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ? 

लेखक प्रगति राई र पत्रकार प्रकाश गुरागाईं

पहिचान पुरस्कार कोषले राई र गुरागाईंलाई नगद चार लाख रुपियाँसहित २०८१ वैशाख २२ मा सम्मान 

गरेको हो । 

महिलाको वंश अधिकारमाथि लेखिएको राईको नयाँ उपन्यास याङ्ग्रा र गुरागाईंको कृति जङ्क्सन पिपलबोटलाई कोषले संयुक्त रूपमा सम्मान गरेको हो । 

अमेरिकास्थित मासाचुसेट्स राज्यको एसियन अमेरिकन तथा प्यासिफिक आइस्ल्यान्डर कमिसन (एएपिआई) ले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कसलाई सम्मानित ग¥यो ? 

प्रह्लाद केसी (सन् २०२४ मे)

(सन् १९७० को दशकमा पढ्नका लागि अमेरिका गएका केसीले मानव अधिकारको क्षेत्रमा परामर्शदाताका रूपमा काम गरेका छन् ।)

नेपाल सरकारले एक सय रुपियाँको नोटमा चुच्चे नक्सा समावेश गरी जारी गर्ने निर्णय कहिले गरेको हो ? 

विसं २०८१ वैशाख २०

हाल चलनचल्तीमा रहेको रुपियाँ एक सय दरको बैङ्क नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । 

नेपालले २०७७ जेठ ७ गते नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । 

नेपालले सुगौली सन्धि अनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागु गरेको हो । ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । 

नेपालको नयाँ नक्सामा लिम्पियाधुरा माथिबाट बग्ने काली नदीपूर्वको गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ । 

२०८१ सालमा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ? 

रोशन शेरचन

उत्तम शान्ति पुरस्कार गुठीले रोशन शेरचनको निबन्ध सङ्ग्रह ‘गल्ली संसार’ लाई सो पुरस्कार प्रदान गर्ने निर्णय (२०८१ वैशाख ३०) गरेको छ । 

पुरस्कारको राशि एक लाख रुपियाँ तथा ताम्रपत्र रहेको छ । 

ग्लोबल फाइनान्स म्यागेजिनको बेस्ट बैङ्क अवार्ड–२०२४ बाट सम्मानित नेपाली बैङ्क कुन हो ? 

ग्लोबल आइएमई बैङ्क

ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यो अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो । 

म्यागेजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारेबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई सम्मान गरेको हो । 

तेस्रो लगानी सम्मेलन कहिले सम्पन्न भएको हो ?

विसं २०८१ वैशाख १६–१७, काठमाडौँ

पहिलो : विसं २०७३ फागुन १९–२०

दोस्रो : विसं २०७५ चैत १५–१६

तामाङ र नेपाल भाषा बागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा कहिलेदखि लागु भएको हो ?

विसं २०८१ वैशाख २४

संविधानको धारा ७ को उपधारा (२) मा नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ ।

योसँगै नेपाली भाषाका अतिरिक्त प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने दुई वटा भाषालाई कामकाजी भाषा निर्धारण गर्ने संविधानको महत्वपूर्ण प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको छ । 

प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० राजपत्रमा प्रकाशित भएको १८० दिनपश्चात् ऐनका रूपमा लागु गरिएको हो । सो ऐन, २०८० कात्तिक २३ गते प्रमाणीकरण भई सोही दिन राजपत्रमा प्रकाशित गरिएको थियो । 

बागमती प्रदेश सरकारद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० शुभारम्भ भएको 

घोषणा गरियो । 

सो घोषणासँगै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रञ्जना लिपि) मा लेखिएको राखिने छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालीको औसत आयु कति रहेको छ ? 

७१.३ वर्ष (पुरुष : ६८.२ वर्ष र महिला : ७३.८ वर्ष)

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकमा सो कुरा 

उल्लेख भएको । 

पुरुषको तुलनामा महिलाको औसत आयु ५.६ वर्ष बढी रहेको । 

२०६८ को राष्ट्रिय जनगणनामा नेपालीको औसत आयु ६६.६ वर्ष थियो । सो जनगणनामा पुरुषको औसत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको ।


पाँच दशकको अन्तरमा नेपालीको प्रजनन दरमा ह्रास आएको । कार्यालयका अनुसार २०७८ मा कुल प्रजनन दर १.९४ रहेको । 

२०६८ मा प्रजनन दर २.५२, २०५८ मा ३.२५, २०४८ मा ५.३९, २०३८ मा ६.२७ र २०२८ मा ६.३ थियो । 

शिशु मृत्युदर चार दशकमा ११७ बाट झरेर १७ कायम भएको छ । यो प्रतिहजार जीवित जन्मेका शिशुमध्ये एक वर्षको उमेर नपुग्दै मृत्यु हुने शिशुको सङ्ख्या हो । 

दुई दशकको अन्तरालमा बाल मृत्युदर २८.६ प्रतिशतबाट ६.१ प्रतिशत पुगेको छ । 


सन् २०२४ अप्रिल–मे महिनामा सम्पन्न स्पेनिस ला लिगाको उपाधि कसले जित्यो ?

रियल मेड्रिड

नेपाली स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले हालसम्म कति पटक रक्तदान गर्नुभएको छ ? 

१७८ पटक (विसं २०८१ वैशाख १९ सम्म)

चीनले नेपाली नागरिकलाई कहिलेदेखि भिसा निःशुल्क गरेको छ ?

सन् २०२४ मे १

गौतम बुद्धप्रति समर्पित श्लोक ‘बुद्धम् शरणम् गच्छामी ....’ कति जना कलाकारद्वारा स्वरबद्ध गरिएको छ ? 

१०८ जना (विसं २०८१ वैशाख)

प्रस्तुतकर्ता : टङ्क केसी


SHARE

1 Comments

  1. Abhishek says:

    nice article

Leave a Reply